केही देशले मात्र वैश्विक नियम बनाउन सक्दैनन्– चिनियाँ राष्ट्रपति सी « Khabarhub

केही देशले मात्र वैश्विक नियम बनाउन सक्दैनन्– चिनियाँ राष्ट्रपति सी


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चिनफिङले केही देशले मात्र वैश्विक नियम बनाउन नसक्ने बताएका छन् ।

उनले केही देशले मात्रै बनाएको नियम जबरजस्ती पालना गराउन खोज्ने कोशिश भए कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् ।

बोआओ फोरमलाई मंगलबार सम्बोधन गर्दै सीले एक वा दुई राष्ट्र मात्र मिलेर वैश्विक नियम बनाउन हुने बताए । फोरमको बैठकमा एसियाली मुलुकका अधिकांश कार्यकारी प्रमुखहरु सहभागी थिए।

अमेरिकाको नाम नलिइकन सीले निशाना साँधेको बीबीसीमा उल्लेख छ। उनले विश्व अब एक–दुई देशले तय गरेको नियमअनुसार चल्न नसक्ने बताएका हुन्। सबैलाई न्याय मिल्नुको सट्टा अहिले निश्चित शक्तिहरुले बोलवाला चाहेको तथा जवाफदेही नभएको सीले दाबी गरे।

अमेरिका र पश्चिमा राष्ट्रबाट कटुतापूर्ण व्यवहार झेलिरहँदा पनि विश्व महाशक्ति बन्ने यात्रामा रहेको चीनका राष्ट्रपतिको यो अभिव्यक्तिलाई महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति सीले भनेका छन्, ‘संयुक्त शक्ति र एउटा महामारीले विश्वलाई अस्थिर गराइदिएको छ, यी दुवै झट्ट हेर्दा देखिँदैन। बहु-ध्रुवीय शक्ति समीकरणमा कुनै मौलिक परिवर्तन देखिएको छैन, आर्थिक वैश्वीकरण केही उदार भएको छ। अब हामी बहु-ध्रुवीय विश्वतर्फ अघि बढ्न जरुरी छ। संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय व्यवस्था मात्रै सबैलाई मान्य हुनसक्छ।’

यसअघि जनवरीमा सी जिनपिङले विश्व आर्थिक मञ्चमै अमेरिकी नेतृत्वलाई टुक्रे गुट संज्ञा दिएका थिए। चीनले अहिलेहाल जापान, अष्ट्रेलिया, भारत र अमेरिका संलग्न क्वाड गठबन्धनप्रति असन्तुष्टि जनाइरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : ३८ बजे

हिमपहिरोमा पर्नुअघि ब्रड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र

धनुषामा बिहान ८ बजेसम्म लागि कर्फ्यु खुकुलो

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा बिहीबार जारी गरेको कर्फ्यु

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको