१९ केजी गाँजासहित पक्राउ « Khabarhub

१९ केजी गाँजासहित पक्राउ


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ना३८प ६२२६ नंको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनले मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको बताए ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ५१ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

एसईई परीक्षा सुरु (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको एसईई आजदेखि सुरु भएको छ । परीक्षा

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२