वैदेशिक रोजगारका लागि हिँडेका १२२ जना त्रिभुवन विमानस्थलबाट फिर्ता | Khabarhub Khabarhub

वैदेशिक रोजगारका लागि हिँडेका १२२ जना त्रिभुवन विमानस्थलबाट फिर्ता


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १२२ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ ।

नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

फर्काइएको यात्रु नेपाली र केही भारतीय छन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।

बाँस्तोलाअनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : ५९ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा