चराजस्तै रणवीरको पहिरन ! « Khabarhub

चराजस्तै रणवीरको पहिरन !


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता रणवीर सिंह आफ्नो फेसन सेन्सका लागि प्रख्यात छन् । यी अभिनेताको पहिरनले हरेकपटक मानिसको ध्यान खिच्दछ ।

उनको क्याजुअल आउटिङ होस् या एयरपोर्ट लुक्स जुनसुकै कपडाहरु मिडियामा बहसको विषय बनिरहन्छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार रणवीरको यिनै पहिरन कलेक्सनलाई एक प्रयोगकर्ताले रंगीबिरंगी चराहरुसँग तुलना गरेका छन् । ती प्रयोगकर्ताको काम हेर्दा रणवीरको कपडा ती चराचुरुंगीबाट प्रेरित हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

रणवीरले लगाएको पहेंलो रंगको सर्टको तस्वीरलाई प्रयोगकर्ताले ब्ल्याक हुडेड ओरियलको फोटोसँग तुलना गरेका छन् ।

त्यस्तै अर्को तस्वीरमा उनलाई मेरुन ओरियलसँग तुलना गरेका छन् ।

रणवीरको ब्ल्याक एण्ड ह्वाइट पोल्का डट सर्टलाई कमन स्टार्लिङसँग तुलना गरिएको छ ।

अर्को तस्वीरमा हरियो निलो रंगको इण्डियन पिटालाई रणवीरको त्यस्तै रंगको कपडासँग तुलना गरिएको छ ।

रणवीरको ‘खलिजी’ लुक्सलाई गिद्धसँग तुलना गरिएको छ । कैयौं मानिसहरुले प्रयोगकर्ताको सिर्जनाको तारिफ गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ०९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा