आजदेखि धुलिखेल र बनेपाका सबै विद्यालय बन्द « Khabarhub

आजदेखि धुलिखेल र बनेपाका सबै विद्यालय बन्द


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिकाका विद्यालय आजबाट आगामी वैशाख मसान्तसम्म बन्द हुने भएका छन् ।

कोरोना संक्रमित हुने मानिसहरुको संख्या बढ्दै गएकाले विद्यालय बन्द गर्न लागेका नगरपालिकाहरुले जनाएका छन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बनेपा नगरमा ३१ सामुदायिक र ४० संस्थागत गरेर ७१ विद्यालय रहेका छन् भने धुलिखेल नगरपालिकामा २६ सामुदायिक ११ संस्थागत गरी जम्मा विद्यालय रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : ५३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य