मदनकृष्ण र केकी कोरोना संक्रमित भएपछि एकान्तबासमा करिश्मा | Khabarhub Khabarhub

मदनकृष्ण र केकी कोरोना संक्रमित भएपछि एकान्तबासमा करिश्मा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री केकी अधिकारी र अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण हुनु अघि उनीहरु हरिवंश आचार्य र मेलिना राईको स्वरमा रहेको गीत ‘माछीलाई खोलीको लेऊ’को सुटिङमा थिए ।

सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा पल शाह, केकी अधिकारी, हरिवंश आचार्य र करिश्मा मानन्धर फिचर्ड छन् । यो भिडियो छायांकनको केही दिनमै केकी र मदनकृष्णलाई कोरोना संक्रमण भयो ।

यो भिडियोमा मदनकृष्णको अभिनय नभए पनि हरिवंशको अभिनय रहेकाले मदनकृष्ण सुटिङस्थलमा छोरीसहित पुगेका थिए ।

मदनकृष्णसहित उनको परिवारलाई कोरोना संक्रमण भएपछि उनीहरु अहिले होम क्वारेन्टाइनमा छन् ।

अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएपछि उनी पनि होम क्वारेन्टाइनमा छिन् ।

मदनकृष्ण र केकीलाई कोरोना संक्रमण देखिएपछि अभिनेत्री करिश्माले आफू केही दिन एकान्तमा बस्ने निर्णय लिएकी छन् । उनले फेसबुकमा ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु ।’ लेखेकी छन् ।

उनले केकी र मदनकृष्णको स्वास्थ्य लाभको कामना गर्दै दिनहुँ दुईपटक बाफ लिन आव्हान गरेकी छन् । साथै सबैलाई अन्य सम्पूर्ण सुरक्षा विधिहरु अनिवार्य रूपमा अपनाउन अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ५२ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित