मदनकृष्ण र केकी कोरोना संक्रमित भएपछि एकान्तबासमा करिश्मा « Khabarhub

मदनकृष्ण र केकी कोरोना संक्रमित भएपछि एकान्तबासमा करिश्मा


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री केकी अधिकारी र अभिनेता मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण हुनु अघि उनीहरु हरिवंश आचार्य र मेलिना राईको स्वरमा रहेको गीत ‘माछीलाई खोलीको लेऊ’को सुटिङमा थिए ।

सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा पल शाह, केकी अधिकारी, हरिवंश आचार्य र करिश्मा मानन्धर फिचर्ड छन् । यो भिडियो छायांकनको केही दिनमै केकी र मदनकृष्णलाई कोरोना संक्रमण भयो ।

यो भिडियोमा मदनकृष्णको अभिनय नभए पनि हरिवंशको अभिनय रहेकाले मदनकृष्ण सुटिङस्थलमा छोरीसहित पुगेका थिए ।

मदनकृष्णसहित उनको परिवारलाई कोरोना संक्रमण भएपछि उनीहरु अहिले होम क्वारेन्टाइनमा छन् ।

अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना संक्रमण भएपछि उनी पनि होम क्वारेन्टाइनमा छिन् ।

मदनकृष्ण र केकीलाई कोरोना संक्रमण देखिएपछि अभिनेत्री करिश्माले आफू केही दिन एकान्तमा बस्ने निर्णय लिएकी छन् । उनले फेसबुकमा ‘आदरणीय मदनकृष्ण दाइको सपरिवार र केकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखिएकोले केही लक्षण नदेखिए पनि आफू पनि केही दिन एकान्तमा बस्ने निर्णय गरेको छु ।’ लेखेकी छन् ।

उनले केकी र मदनकृष्णको स्वास्थ्य लाभको कामना गर्दै दिनहुँ दुईपटक बाफ लिन आव्हान गरेकी छन् । साथै सबैलाई अन्य सम्पूर्ण सुरक्षा विधिहरु अनिवार्य रूपमा अपनाउन अनुरोध गरेकी छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ५२ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले