नेपाल पक्षका सांसदले स्पष्टीकरण बुझाउने « Khabarhub

नेपाल पक्षका सांसदले स्पष्टीकरण बुझाउने


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएको छ ।

आज बुद्धनगरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरेको नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन ।

बैठकमा पार्टीभित्रको आन्तरिक बिषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय भएको उनले बताइन ।

शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको उनले बताइन ।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ३६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार