सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई « Khabarhub

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन् ।

स्थायी कमिटिको निर्णयअनुसार अध्यक्ष प्रचण्डले जुनसुकै बेला समर्थन फिर्ता लिनसक्ने उनको भनाइ छ ।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी  श्रेष्ठले बताए ।

त्यसआधारमा नै सबै राजनीतिक, देशभक्त शक्तिहरुसँग छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले बताए ।

बैठकले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरुलाई ध्यानमा राखेर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

संगठनात्मक कार्यदलले प्रस्तावित विधान संसोधन मस्यौदाका आधारमा आफ्नो संगठनात्मक कार्ययोजना केहिदिनपछि बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने र त्यसअनुसार संगठनात्मक योजनालाई अघि बढाउने निर्णय गरिएको उनले बताए ।

आगामी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि हिजोको बैठकले ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको वार्ता र छलफललाई घनिभूत रुपमा तीव्रता दिने निर्णय थियो ।

बैठकले ‘प्रतिगामी’ सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : १८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी