कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव नियुक्त « Khabarhub

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव नियुक्त


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादव नियुक्त भएका छन् ।

आज बसेको कांग्रेस प्रदाधिकारी बैठकले यादवलाई कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम पूर्व सांसद, पूर्व महान्यायधिवक्ता यादवलाई नियुक्त गरिएको जानकारी दिए ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकको पदमा पूर्व सांसद, पूर्व महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता श्री महादेव प्रसाद यादव नियुक्त हुनु भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार