कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव नियुक्त « Khabarhub

कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा यादव नियुक्त


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादव नियुक्त भएका छन् ।

आज बसेको कांग्रेस प्रदाधिकारी बैठकले यादवलाई कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम पूर्व सांसद, पूर्व महान्यायधिवक्ता यादवलाई नियुक्त गरिएको जानकारी दिए ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकको पदमा पूर्व सांसद, पूर्व महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता श्री महादेव प्रसाद यादव नियुक्त हुनु भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ४ : ४६ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन