बुधबार शेयर बजार दोहोरो अंकले ओरालो  « Khabarhub

बुधबार शेयर बजार दोहोरो अंकले ओरालो 


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको शेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा झरेको हो ।

आज ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर ४७३.४० बिन्दुमा झरेको छ ।

बुधबार कूल २१४ कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा एक करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै बजार पूँजीकरण रकममा समेत गिरावट आएको छ । आजको बजार पूँजीकरण रकम ३६ खर्ब ४४ अर्ब ८२ करोडमा सीमित भएको हो ।

यसदिन म्युचुल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

बुधबार बैंकिङ् समूहको परिसूचक १.३६ प्रतिशत, विकास बैंक समूहको २.१० प्रतिशत, वित्त समूहको १.५९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, निर्जीबन बीमाको १.१७ प्रतिशत र जीवन बीमा शेयरमूल्य ०.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, लगानी समूहको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४८ प्रतिशत र व्यापारिक समूहको परिसूचकमा १.२२ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : १७ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य