बुधबार शेयर बजार दोहोरो अंकले ओरालो  « Khabarhub

बुधबार शेयर बजार दोहोरो अंकले ओरालो 


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको शेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा झरेको हो ।

आज ठूला तथा बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अङ्कले घटेर ४७३.४० बिन्दुमा झरेको छ ।

बुधबार कूल २१४ कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा एक करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिदबिक्री भएका छन् भने ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै बजार पूँजीकरण रकममा समेत गिरावट आएको छ । आजको बजार पूँजीकरण रकम ३६ खर्ब ४४ अर्ब ८२ करोडमा सीमित भएको हो ।

यसदिन म्युचुल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ ।

बुधबार बैंकिङ् समूहको परिसूचक १.३६ प्रतिशत, विकास बैंक समूहको २.१० प्रतिशत, वित्त समूहको १.५९ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, निर्जीबन बीमाको १.१७ प्रतिशत र जीवन बीमा शेयरमूल्य ०.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, लगानी समूहको १.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४८ प्रतिशत र व्यापारिक समूहको परिसूचकमा १.२२ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : १७ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्