देशभर १८० जना संक्रमित आईसीयूमा र ४७ को भेन्टिलेटरमा उपचार हुँदै « Khabarhub

देशभर १८० जना संक्रमित आईसीयूमा र ४७ को भेन्टिलेटरमा उपचार हुँदै


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४७ जना संक्रमित भेन्टिलेटरमा र १८० को आईसीयूमा उपचारत छन्।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ११ जना संक्रमित आईसीयूमा , प्रदेश २ मा सात जना आईसीयूमा, बाग्मती प्रदेशमा ७० जना आईसीयूमा र ३२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी गण्डकी प्रदेशमा एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६८ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी कर्णाली प्रदेशमा १६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : ४५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र