अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द | Khabarhub Khabarhub

अष्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र वितरण बन्द


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) बन्द गरेको छ ।

बुधवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै बैशाख ९ गते (भोलि) देखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र तत्कालका लागि बन्द गरेको हो ।

अर्का सूचना जारी नहुन्जेल सम्मको लागि यी पाँच देशमा स्वीकृतिपत्र बन्द गरीएको शिक्षा मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले बताए ।

पछिल्लो समय कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको उनले बताए ।

तत्कालको लागि बन्द गरिएका ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ६ : ५५ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि