क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह « Khabarhub

क्वारेन्टिन र आइसोलेशन सञ्चालनमा ल्याउन आग्रह


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– कोरोना भाइरस– १९ सङ्क्रमणको जोखिम बढेपछि आज सर्वपक्षीय बैठक बसेर स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन र त्यसलाई पालना गर्ने गराउने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा बसेको बैठकले गत वर्ष सञ्चालित क्वारेन्टिन, आइसोलेशन पुनःव्यवस्थापन गरी तत्कालै सञ्चालनमा ल्याउन स्थानीय तहलाई आग्रह गरिएको छ ।

बैठकमा एम्बुलेन्स र शवबाहनमा परेको समस्याका सम्बन्धमा कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत समाधानका लागि पहल गर्ने निर्णय गरिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।

राजनीतिक दल, सामाजिक सङ्घसंस्था सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न÷गराउन अआफ्नो स्थानबाट प्रचारप्रसार गरी जनचेतना फैलाउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ९ : १५ बजे

देवकुमारी थापा स्मृति पुरस्कार ज्ञान उदासलाई

विराटनगर– देवकुमारी थापा स्मृति गुठीले देवकुमारी थापा स्मृति सम्मान कवि

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ