ओली-नेपाल संवादहीनता तोडियो, भेटबारे नेपालले भने, ‘अहिले केही बोल्दिनँ’ (भिडियोसहित) « Khabarhub

ओली-नेपाल संवादहीनता तोडियो, भेटबारे नेपालले भने, ‘अहिले केही बोल्दिनँ’ (भिडियोसहित)


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेट सकिएको छ ।

उनीहरुबीच बुधबार साँझ राजधानीको नक्सालस्थित होटल मेरियटमा झण्डै २ घण्टा भेटवार्ता भएको हो ।

ओलीले नेपालसहित २७ सांसदलाई स्पस्टीकरण सोधेर कारबाहीको चेतावनी दिएपछि पार्टीको विवाद थप उत्कर्षमा पुगेका बेला दुई नेताबीच भेट भएको हो ।

दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा के विषयमा कुराकानी भयो बताइएको छैन । ‘म अहिले केही बोल्दिनँ’ अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्केका नेपालले सञ्चारकर्मीसँग भने ।

हेरौँ भिडियो

भेटपछि दुबै नेता प्रफुल्ल देखिएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोती दुगडले बताए । दुबै नेता बीचको भेटवार्ता सकारात्मक भएको उनले दाबी गरे ।

चैत दुई गतेपछि ओली र नेपालबीच पहिलो पटक होटल मेरियटमा छलफल भएको हो । एमालेभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपालबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ४७ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण