खोपका लागि पहल भइरहेको छ : मन्त्री राई « Khabarhub

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन्। उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता जनाइन ।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गरे । वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाउने भन्दै उनले भने, “सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।”

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा जोड दिए । उनीहरुले खोपलाई प्राथमिकता दिन आग्रह गरे ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उनले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४१ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट