उडान प्रतिबन्धको प्रभाव : यूएईबाट दिल्ली हुदैँ काठमाडौँ पुगे पाँच नेपाली « Khabarhub

उडान प्रतिबन्धको प्रभाव : यूएईबाट दिल्ली हुदैँ काठमाडौँ पुगे पाँच नेपाली



दोहा : नेपाल सरकारले कोरोना दोस्रो लहरको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान रोकेपछि पाँच नेपाली यूएईबाट भारत हुदैँ काठमाडौँ पुगेका छन् ।

भारतीय नागरिकहरु नेपाललाई ट्रान्जिट बनाउदै साउदी अरब उडिरहेका बेला पाँच नेपाली पनि भारतलाई ट्रान्जिट बनाउदै काठमाडौँ पुगेका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै मे १९ तारिख दुबईबाट दिल्ली ट्रान्जिट हुँदै पुगेर अहिले काठमाडौंको सरकारले तोके अनुसार होटेल क्वारेन्टाइन बसिरहेको बताएका छन् ।

आफूहरु जस्तै हजारौँ नेपालीहरुले दुबईबाट स्वदेश फर्किने प्रतिक्षामा रहेको भन्दै सम्पूर्ण कागजात तयार पारेर दुबईबाट दिल्ली हुँदै काठमाडौँ आउन सकिने बताएका छन् ।

दुबईदेखि नै दिल्ली हुँदै काठमाडौँ सम्मको टिकट लिनुपर्ने तथा दिल्ली विमानस्थलमा आवतरण गरेपछि त्यहाँ पनि पीसीआर परीणक्ष गरि रिपोर्ट नेगेटिभ आएपछि मात्र नेपाल उड्न पाइने उनीहरुले बताएका छन् ।

उनीहरुले यूएईबाट स्वदेश फर्किने तयारीमा रहेका अन्य साथहरुलाई पनि यी उपाय अपनाएर नेपाल फर्कन आग्रह गरेका छन् । उनीहरु त एक प्रतिनिधि उदारण मात्र हुन् अहिले महामारीका कारण रोजगारी गुमाएर तथा नियमित बेतनी बिदामा फर्किन लागेका हजारौँ नेपालीहरु आकाश तिर हेरेर जहाजको पर्खाइमा छन् ।

यता, विगत लामो समयदेखि कतारमा कार्यरत इलामका लाक्पा शेर्पा पनि हातमा टिकट लिएर जहाजको पर्खाइमा बसिरहेका छन् ।

‘म अघिल्लो बर्ष नै घर फर्कने तयारीमा थिए, त्यति बेला कोरोना महामारीको कारण फर्किन सकिन अब अर्को बर्ष फर्किन्छु भनेर बसे,’ शेर्पाले भने, ‘यसपाली चाहिँ जसरी भएपनि घर फर्कने तयारी गरेर कम्पनीले बल्ल बिदा दिएको थियो उडान बन्द भयो अहिले आकाश तिर जहाज हेरेर बसिरहेको छु ।’

आफू जस्तै धेरै नेपालीहरुलाई कम्पनी बिदा दिसकेको र हवाई टिकट समेत उपलब्ध गराईसकेको अवस्थामा उडान खुल्ने आशमा कोठामै बस्न बाध्य भएको उनले बताए । कतारमै सुनसरीका दिनेश मल्ल पनि बिदामा घर जाने तयारी गर्दैगरेको अवस्थामा उडान बन्द हुँदा अब अहिले फर्किन पाइन्छ भन्ने चिन्ता लाग्न थालेको बताउँछन् ।

नेपाली कामदारको प्रमुख गन्तव्य देश कतार, साउदी अरब, कुवेत, यूएई, बहराइन र ओमान लगायतका देशहरुमा कोरोना महामारीका कारण रोजगारी गुमाएका तथा करार अवधि (भिसाको म्याद)सकिएका नेपाली कामदारहरुले त्यहाँ रहेका नेपाली दूतावास मार्फत स्वदेश फर्किने व्यवस्था मिलाउन दूतावासहरुलाई दबाव दिइरहेका छन् ।

अघिल्लो बर्षको तुलनामा यस बर्ष स्वदेश फर्किन रोकिएका नेपालीहरु धेरै नभएको भएपनि उडान प्रतिबन्ध लम्बिदै गएको खण्डमा स्थिति भयावह हुनसक्ने तर्फ सचेत रहन सरकारलाई अनुरोध गरिरहेको दूतावासहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ४६ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको