राष्ट्रपतिको विरोध गणतन्त्रकै विरोध हो – प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिको विरोध गणतन्त्रकै विरोध हो – प्रधानमन्त्री ओली

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै नेपाल पक्षलाई कारबाहीको संकेत


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रकै विरोध भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्थाको विरोध गर्नु गणतन्त्र कै विरोध भएको बताए ।

संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौति दिए । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए ।

ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । “कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने मेरै नेतृत्वमा बनाऔं,” ओलीले भने । ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए ।

उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरे ।

उनले लोकतन्त्रलाई स्वस्थ बनाएर जानुपर्ने पनि बताए ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको हित विपरीत काम गर्ने माधव नेपाल समूहलाई कारबाही गर्ने पनि संकेत गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ४६ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने