राष्ट्रपतिको विरोध गणतन्त्रकै विरोध हो – प्रधानमन्त्री ओली « Khabarhub

राष्ट्रपतिको विरोध गणतन्त्रकै विरोध हो – प्रधानमन्त्री ओली

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै नेपाल पक्षलाई कारबाहीको संकेत


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रकै विरोध भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रको सम्मानित संस्थाको विरोध गर्नु गणतन्त्र कै विरोध भएको बताए ।

संविधानले नै राष्ट्रपतिको काम, कर्तव्य र अधिकारमा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीले गरेको सिफारिस कार्यान्वयन गर्ने भएकोले त्यहीअनुसार काम भइरहेकोमा राष्ट्रपतिमाथि किन विरोध भएरहेको भनेर प्रश्न गरे ।

राष्ट्रपतिमाथि महाभियोगको चर्चामाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले बरु आफूलाई महाभियोग लगाउन वा हटाउन चुनौति दिए । राष्ट्रपतिमाथि विभिन्न लान्छना लगाइरहेको भन्दै उनले आफ्नो दल निकटको नभएको वा अरू कुण्ठाका कारण राष्ट्रपतिमाथि टिप्पणी भइरहेको बताए ।

ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेका छन् । “कृपया आउनुस् । राष्ट्रिय सरकार बनाऔं । सहमतिको सरकार बनाऔं । सहमतीका साथ अघि बढौं । अरुको नेतृत्वमा सम्भाव छैन भने मेरै नेतृत्वमा बनाऔं,” ओलीले भने । ओलीले यसका लागि आफूले आज विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको बताए ।

उनले सहमतिको सरकार बनाएर कोभिड–१९ को महामारी विरुद्ध लड्नका लागि एकताबद्ध हुन आह्वान गरे ।

उनले लोकतन्त्रलाई स्वस्थ बनाएर जानुपर्ने पनि बताए ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीको हित विपरीत काम गर्ने माधव नेपाल समूहलाई कारबाही गर्ने पनि संकेत गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ४६ बजे

रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

काठमाडौं – ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

सिरहा – सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक