नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी | Khabarhub Khabarhub

नेपाल पक्षका सांसदहरूको भेला सुरू, कांग्रेस र माओवादीका नेताहरू पनि सहभागी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय सांसदहरूको भेला सुरू भएको छ । सिंहदरबारस्थित लेखा समितिको हलमा सांसदहरू भेला भएका हुन् ।

भेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ । माधव नेपालसहित २० जनाभन्दा बढी सांसद भेलामा सहभागी छन् ।

उक्त भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू पनि सहभागी भएका छन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र माओवादी नेताहरू वर्षमान पुन तथा देव गुरुङ नेता नेपाल पक्षीय सांसदको भेलामा पुगेका हुन् ।

जसपाको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इश्तियाक राई पनि बैठक स्थलमा देखिएका छन् । नेपाल पक्षका सांसदको भेलामा कांग्रेस र माओवादीका नेताहरू सहभागी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : ५८ बजे

कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’

न्यूयोर्क– हामी नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच

गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम

सिन्धुली– शनिबारको अँध्यारो हटेर शुक्रबारको उज्यालो बिहान आउन भ्याइसकेको थिएन

थाइल्याण्डको राजधानीमा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा भएको गोलीकाण्डमा परी ४ जनाको ज्यान

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल, रजिष्ट्रारमा कार्की

काठमाडौं- न्याय सेवा आयोगले सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेललाई मुख्य

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

काठमाडौं– प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको