देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतलनिवास प्रस्थान « Khabarhub

देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतलनिवास प्रस्थान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी लिएर विपक्षी गठबन्धनका नेताहरू शीतलनिवास हिँडेका छन् ।

विपक्षमा रहेका दलहरुको भर्खर सम्पन्न बैठकपछि नेताहरु कांग्रेस संसदीय दलको कार्यालयबाट शीतलनिवास हिँडेका हुन् । कांग्रेस नेता गगन थापाले दिएको जानकारीअनुसार बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दै नेताहरु शीतलनिवास हिँडेका हुन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न लागेको बताइएको छ ।

हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन् ।

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ३० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट