देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतलनिवास प्रस्थान « Khabarhub

देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शीतलनिवास प्रस्थान


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी लिएर विपक्षी गठबन्धनका नेताहरू शीतलनिवास हिँडेका छन् ।

विपक्षमा रहेका दलहरुको भर्खर सम्पन्न बैठकपछि नेताहरु कांग्रेस संसदीय दलको कार्यालयबाट शीतलनिवास हिँडेका हुन् । कांग्रेस नेता गगन थापाले दिएको जानकारीअनुसार बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दै नेताहरु शीतलनिवास हिँडेका हुन् ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न लागेको बताइएको छ ।

हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन् ।

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ३ : ३० बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।