प्रधानमन्त्रीमा दाबी गर्दै ओली पनि शीतलनिवासमा « Khabarhub

प्रधानमन्त्रीमा दाबी गर्दै ओली पनि शीतलनिवासमा


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दावीसहित राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।

विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबीसहित पुग्नुअघि नै ओली शीतलनिवास पुगेका थिए ।

ओलीले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन् ।

यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दाबी पेश गर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : २३ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब