१५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत « Khabarhub

१५३ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा ओलीको दाबी प्रस्तुत


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १ सय ५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् ।

ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्रसहित शीतल निवासमा पेश गरेको बताइएको छ ।

ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन् । विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गर्नु अघि नै शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले दाबी गरेका हुन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ४ : ३६ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले