१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको पनि दाबी « Khabarhub

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको पनि दाबी


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरू पत्र दर्ता गरेर निस्किएका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पत्र दर्ता गरेर निस्किएको जानकारी दिए ।

प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को ५ का लागि देउवाको नामसहित दाबी गरिएको हो ।

देउवाको समर्थकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दुर्गा पौडेल छन् ।

तर, देउवालाई प्रधानमन्त्रीमा दाबी गर्दै बुझाइएको हस्ताक्षर दुरुपयोग भएको भन्दै एमाले नेपाल समूहका केही सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूले हस्ताक्षर नगरेको र आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : २० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस