१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको पनि दाबी « Khabarhub

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको पनि दाबी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति निवास पुगेका विपक्षी गठबन्धनका नेताहरू पत्र दर्ता गरेर निस्किएका छन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले पत्र दर्ता गरेर निस्किएको जानकारी दिए ।

प्रधानमन्त्रीमा राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को ५ का लागि देउवाको नामसहित दाबी गरिएको हो ।

देउवाको समर्थकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई तथा जनमोर्चाकी नेता दुर्गा पौडेल छन् ।

तर, देउवालाई प्रधानमन्त्रीमा दाबी गर्दै बुझाइएको हस्ताक्षर दुरुपयोग भएको भन्दै एमाले नेपाल समूहका केही सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूहरूले हस्ताक्षर नगरेको र आफूहरूको हस्ताक्षर दुरुपयोग गरिएको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : २० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)