महाकालीबाट १० मजदुरको उद्धार « Khabarhub

महाकालीबाट १० मजदुरको उद्धार


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ ।

पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए ।

यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल उद्धार गरेको हो । त्यसैगरी महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माणाधीन पहुँच मार्ग (६ लेनको सडक) निर्माणका लागि स्थापना गरिएको कालोपत्रे प्लान्टलगायतका सवारीसाधनलाई क्षति पुर्‍याएको छ ।

भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुलका कामदारको बिहीबार मध्यरातमा समेत उद्धार गरिएको बताए । “ अझै कति मेसिन नदीले बगायो यकिन भएको छैन”, उनले भने, “नदीमा पानीको बहाव घट्ने क्रममा छ ।”

उनले वडा नं १३ मा सेनाले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको स्थलमा समेत बाढी पसेकाले दाहसंस्कारमा समस्या भएको बताए । स्थानीय प्रशासनले शव व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्न त्यहाँ स्थलगत निरीक्षण गरेको छ । – रासस

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ६ : ४२ बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।