ओलीले राष्ट्रपतिलाई पठाए नेपाल समूहका २६ सांसदलाई कारबाही गर्ने पत्र « Khabarhub

ओलीले राष्ट्रपतिलाई पठाए नेपाल समूहका २६ सांसदलाई कारबाही गर्ने पत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आफ्ना २६ जना सांसदलाई कारबाही गर्ने लिखित जानकारी राष्ट्रपति कार्यालय पठाएको छ ।

ती सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाइएको हो ।

दलीय अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई पठाएको बुझिएको छ ।

शुक्रबार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

देउवालाई विपक्षी गठबन्धनका माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराईले समर्थन गरेका छन् । जसमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् । यद्यपि, नेपाल पक्षका केही नेताहरूले आफूहरूको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ५१ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६