ओलीले राष्ट्रपतिलाई पठाए नेपाल समूहका २६ सांसदलाई कारबाही गर्ने पत्र « Khabarhub

ओलीले राष्ट्रपतिलाई पठाए नेपाल समूहका २६ सांसदलाई कारबाही गर्ने पत्र


७ जेष्ठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आफ्ना २६ जना सांसदलाई कारबाही गर्ने लिखित जानकारी राष्ट्रपति कार्यालय पठाएको छ ।

ती सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाइएको हो ।

दलीय अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई पठाएको बुझिएको छ ।

शुक्रबार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् ।

देउवालाई विपक्षी गठबन्धनका माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराईले समर्थन गरेका छन् । जसमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् । यद्यपि, नेपाल पक्षका केही नेताहरूले आफूहरूको हस्ताक्षर किर्ते गरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित जानकारी गराएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ५१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस