एमालेको एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिनँ : नेता भट्टराई | Khabarhub Khabarhub

एमालेको एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिनँ : नेता भट्टराई


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन राजनीतिक जीवनकै कठिन दिन भएको बताएका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गर्दा कुनै पनि पक्षलाई समर्थन नजनाएका उनले एमालेको एकता जोगाउनकै लागि यो निर्णय लिएको बताएका छन् ।

उनले आफूले लिएको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’

सभापति देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको यादव–भट्टराई पक्ष र नेकपा एमालेको नेपाल–खनाल पक्षसहित १४९ जना सांसदको हस्ताक्षर बुझाएर दाबी पेश गरेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा एमालेका र जसपाको ठाकुर–महतो पक्षका सांसदको समर्थनसहित १५३ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

एमाले खनाल-नेपाल समूहका सांसदले विपक्षी गठबन्धनका तर्फबाटअघि सारिएका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरे पनि सोही समूहमा रहेका नेता भट्टराइले हस्ताक्षर गर्न मानेका थिएनन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : १६ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र