ओलीको दाबीले दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ : विश्वप्रकाश शर्मा « Khabarhub

ओलीको दाबीले दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ : विश्वप्रकाश शर्मा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत छ भनेर फेरि प्रधानमन्त्रीमा दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा लाज स्वयं लजाएको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गरेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ । लाज स्वयं लजाएको छ ।’

शर्माले राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओरालो लगाइरहेको भनेर प्रश्न गर्दै यसबाट राष्ट्रपति पदको गरिमा पनि पतनतर्फ उन्मुख भएको उल्लेख गरेका छन् । ‘राष्ट्रपति महोदय, सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओरालो अझै कति लगाउनु हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट ओलीले दाबी प्रस्तुत गरेका छन् ।

देउवाले बहुमतको दाबी गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष बुझाएका छन् भने ओलीले १५३ सांसदको समर्थन रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ३६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा