ओलीको दाबीले दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ : विश्वप्रकाश शर्मा « Khabarhub

ओलीको दाबीले दुनियाँ हाँसेको छ, लाज स्वयं लजाएको छ : विश्वप्रकाश शर्मा


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत छ भनेर फेरि प्रधानमन्त्रीमा दाबी गर्दा दुनियाँ हाँसेको टिप्पणी गरेका छन् । उनले ओलीले प्रधानमन्त्री पदमा फेरि दाबी गर्दा लाज स्वयं लजाएको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गरेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले बहुमत छ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ । लाज स्वयं लजाएको छ ।’

शर्माले राष्ट्रपतिजस्तो संस्थालाई अझै कति ओरालो लगाइरहेको भनेर प्रश्न गर्दै यसबाट राष्ट्रपति पदको गरिमा पनि पतनतर्फ उन्मुख भएको उल्लेख गरेका छन् । ‘राष्ट्रपति महोदय, सतिसालको शिरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो । अलमलको गोलमालमा संस्थाको गरिमा ओरालो अझै कति लगाउनु हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन लागि आह्वान गरेसँगै पदका लागि गठबन्धनतर्फबाट शेरबहादुर देउवा र नेकपा एमालेबाट ओलीले दाबी प्रस्तुत गरेका छन् ।

देउवाले बहुमतको दाबी गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष बुझाएका छन् भने ओलीले १५३ सांसदको समर्थन रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ३६ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।