प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण « Khabarhub

प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको कार्यालयको हिरासतमा रहेको १८ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार जिल्ला मातहतका १८ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १६, ढलकेवर र खजुरीमा १÷१ जना गरी जम्मा १८ जना थुनुवामा संक्रमण देखिएको जानकारी दिए ।

‘अदालतले केही दिन पहिले मुद्दा सुनवाईमा ल्याउनु भन्दा पहिले परीक्षण गरेर ल्याउन दिएको निर्देशन अनुसार परीक्षण गराउँदा एक जनामा कोरोना पुष्टि भएको थियो,’उनले भने, ‘त्यसपछि तीन दिन पहिले जिल्लामा रहेको २६ जनाको कोरोना परीक्षण गराउँदा १६ जनामा पुष्टी भएको छ । बाँकी रिहा भएर घर गइसकेका छन् ।’

विभिन्न मुद्दाका सबै संक्रमितलाई स्वास्थ्य मापदण्ड पालना गरी राखेको डीएसपी मिश्रको दावी छ । तर, जिल्लामा तीन वटा थुनुवा कक्ष मात्र रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४१ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल