प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण « Khabarhub

प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको कार्यालयको हिरासतमा रहेको १८ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार जिल्ला मातहतका १८ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १६, ढलकेवर र खजुरीमा १÷१ जना गरी जम्मा १८ जना थुनुवामा संक्रमण देखिएको जानकारी दिए ।

‘अदालतले केही दिन पहिले मुद्दा सुनवाईमा ल्याउनु भन्दा पहिले परीक्षण गरेर ल्याउन दिएको निर्देशन अनुसार परीक्षण गराउँदा एक जनामा कोरोना पुष्टि भएको थियो,’उनले भने, ‘त्यसपछि तीन दिन पहिले जिल्लामा रहेको २६ जनाको कोरोना परीक्षण गराउँदा १६ जनामा पुष्टी भएको छ । बाँकी रिहा भएर घर गइसकेका छन् ।’

विभिन्न मुद्दाका सबै संक्रमितलाई स्वास्थ्य मापदण्ड पालना गरी राखेको डीएसपी मिश्रको दावी छ । तर, जिल्लामा तीन वटा थुनुवा कक्ष मात्र रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु