दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र « Khabarhub

दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले दलको निर्णयविपरित आएका हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् ।

विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको उनीहरूले जानकारी गराएका हुन् । दुवै दलले राष्ट्रपति भण्डारीलाई पठाएको पत्रमा व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेका छन् ।

“जसपा र एमालेको तर्फबाट विरोध र कारवाहीको पत्र आएको छ,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो, “उनीहरुले गरेको निर्णयलाई मान्यता नदिनू भन्ने छ । व्यक्तिगत निर्णय कारवाहीको विषय बन्छ । अहिले राष्ट्रपतिबाट मान्यता दिन मिल्दैन ।”

एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको जानकारी राष्ट्रपतिलाई गराइएको बताए ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीलाई दलकै समर्थन चाहिने भएकाले त्यसरी सांसदहरूले दिएको हस्ताक्षरको अर्थ नहुने ज्ञवालीको भनाइ छ ।

राष्ट्रपतिबाट दुवै पत्रको अध्ययन गरेर निर्णय लिइने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर