दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र « Khabarhub

दलको निर्णयविपरितका हस्ताक्षरलाई मान्यता नदिनू भन्दै एमाले र जसपाले पठाए राष्ट्रपतिलाई पत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले दलको निर्णयविपरित आएका हस्ताक्षरलाई मान्यता नदिन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् ।

विपक्षी गठबन्धनका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको उनीहरूले जानकारी गराएका हुन् । दुवै दलले राष्ट्रपति भण्डारीलाई पठाएको पत्रमा व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेका छन् ।

“जसपा र एमालेको तर्फबाट विरोध र कारवाहीको पत्र आएको छ,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो, “उनीहरुले गरेको निर्णयलाई मान्यता नदिनू भन्ने छ । व्यक्तिगत निर्णय कारवाहीको विषय बन्छ । अहिले राष्ट्रपतिबाट मान्यता दिन मिल्दैन ।”

एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरित भएको जानकारी राष्ट्रपतिलाई गराइएको बताए ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त हुने प्रधानमन्त्रीलाई दलकै समर्थन चाहिने भएकाले त्यसरी सांसदहरूले दिएको हस्ताक्षरको अर्थ नहुने ज्ञवालीको भनाइ छ ।

राष्ट्रपतिबाट दुवै पत्रको अध्ययन गरेर निर्णय लिइने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०३ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन