सफा हिमाल अभियान अन्तर्गत सेनाले संकलन गरेको धौलागिरीको फोहोर हस्तान्तरण « Khabarhub

सफा हिमाल अभियान अन्तर्गत सेनाले संकलन गरेको धौलागिरीको फोहोर हस्तान्तरण


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको ४ हजार ७२० किलो फोहोर हस्तान्तरण गरेको छ ।

बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाले “सफा हिमाल अभियान २०२१” अन्तर्गत संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरेको हो ।

फोहोर संकलनको क्रममा धौलागिरी हिमालमा फेला परेको दुई वटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बुझाइएको सेनाले जनाएको छ ।

उक्त हिमालबाट संकलन गरीएको ५ हजार २० किलो फोहोर मध्ये सड्ने र कुहिने खालको ३ सय किलो फोहोर आइतबार नै धौलागिरी गाउँपालिकालाई बुझाइसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनः प्रयोग गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

साथै, सफा हिमाल अभियान अन्तर्गत विभिन्‍न ६ वटा हिमालको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई ध्याद दिएर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते नै सम्पन्न गरिएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ५१ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा