विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा « Khabarhub

विश्वकप हेर्ने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप लगाउने कतारको घोषणा


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ ।

कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् ।

“हामी हाल विश्व कप कतार २०२२ मा आउने गैर-खोप लगाएका मानिसहरूलाई खोप दिन १० लाख डोज खोप उपलब्ध गराउन कम्पनीसँग वार्ता गरिरहेका छौँ,” प्रधानमन्त्री  अल थानीले भने, “२०२२ विश्व कप हेर्न कतार आउने केही मानिसहरूलाई खोप दिने हाम्रो प्राथमिक लक्ष्य भनेको नागरिक र बासिन्दाहरूको जनस्वास्थ्यको रक्षा गर्नुका साथै टूर्नामेन्टमा भाग लिने प्रशंसकहरूलाई जोगाउनु हो ।”

खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् ।

“महामारीले सुरुमा केही सानो प्रभाव पारेको थियो, तर हामीले चाँडै तयारी गर्न थालिसकेकाले विश्वकप परियोजनाहरूमा काम गर्ने कम्पनीहरूसँगको समन्वयमा आवश्यक सामग्रीको वितरण सुनिश्चित गर्न हामी छिटो सफल भयौं,” उनले भने।

यहाँको स्टेडियमहरू मध्ये सबैभन्दा ठूलो लुसेल स्टेडियमको पनि ९० प्रतिसत काम सम्पन्न भैसकेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै पिनेन्सुला पत्रिकाले जनाएको छ ।

२२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेलिनेछ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : १५ बजे

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग