पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन « Khabarhub

पहिरोले १५ स्थानमा सडक अवरूद्ध, २६ ठाउँमा एकतर्फी यातायात सञ्चालन


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ  । डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा, तिमाङखोला, धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टेखोला सडक बन्द छन् ।

यस्तै बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डको बार्जुगाड र हड्डे खोलामा सडक अवरूद्ध भएको छ । मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडकमा पनि पहिरोले पूर्णरूपमा बन्द भएको छ ।

अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको ठोरी-भण्डारा-मलेखु-गल्छी-त्रिशूली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी सडकखण्डको त्रिशूली खोला, सानु भार्खु खोला तथा गाँजाबारीमा पनि पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ ।

सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन समस्या भएको  सडक विभागले जनाएको छ । विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २६ ठाउँमा एकतर्फी खुलाइएको छ ।

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३३ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ