नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई जोखिम « Khabarhub

नेपालमा कोरोनाको नयाँ परिवर्तित रुप भेटियो, सबै उमेर समूहलाई जोखिम


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा फैलिएको कोरोना भाइरस डेल्टा भेरियन्टको परिवर्तित रुप पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातिका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२ र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा डेल्टा भेरियन्ट पुष्टि भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन ए वाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको जनाइएको छ ।

हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : ४८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण