हुम्लामा पहिरोले २४ घरपरिवार विस्थापित « Khabarhub

हुम्लामा पहिरोले २४ घरपरिवार विस्थापित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ ।

सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिराले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५९ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले