ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले कोरोना प्रभावितहरुलाई राहत उपलब्ध गराउन निर्देशिका जारी गरेको छ ।

महानगरले यसअघि प्रभावितहरुलाई राहत उपलब्ध गराउन गरेको घोषणा कार्यान्वनका लागि निर्देशिका जारी गरेको हो । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । राहत तथा सहयोगका लागि कोराना प्रभावितका तर्फबाट मृत्यु भएको वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र उपसमितिसमक्ष निवेदन दिनुपर्नेछ । निर्देशिका लागू हुनु पूर्वका बिरामीको हकमा पनि निर्देशिका जारी भएको ३५ दिन भित्रै निवेदन दिनुपर्नेछ ।

पूर्ण कागजातसहितको निवेदन प्राप्त भएको १५ दिनभित्र उपचार र राहतसम्बन्धी सहयोग प्रदान गरिने जारी निर्देशिकामा उल्लेख छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकार नगरबासीको सुखदुखको साथी भएको बताउँदै कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

महानगरस्तरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले प्रति मृतक एक लाख, भेन्टिलेटर र आइसीयू बसेकालाई जनही ५० हजार, कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई संक्रमणमुक्त भएकालाई २५ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५० बजे

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा