बाग्लुङमा एकैदिन थपिए ३०५ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित) « Khabarhub

बाग्लुङमा एकैदिन थपिए ३०५ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरण सहित)


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ५८२ जनाको पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बाग्लुङमा ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ७,  झापामा १३०, ताप्लेजुङमा १, तेह्रथुम ५, धनकुटामा ६, पाँचथर १२, भोजपुर ५,  मोरङमा १२४, संखुवासभामा १८, र सुनसरी ११४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ५, पर्सामा ६,  बारामा १५, महोत्तरीमा ११, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ७ र सिरहामा १६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २८५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २२, चितवनमा ६८, दोलखामा १८, धादिङमा २३, नुवाकोटमा ३९, भक्तपुरमा ३३, मकवानपुरमा ३५, रसुवा ५, रामेछापमा ३, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ३०, पर्वत ९, म्यागदीमा १,  लमजुङमा ६, बागलुङमा ३०५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १, पाल्पामा १७,  बर्दियाका ३, बाँकेमा ३ र रुपन्देहीमा १६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ८, सल्यानमा १ र  सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा १, बैतडीमा १ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ०७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको