१ हजार ४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

१ हजार ४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ८११ कोरोना संक्रमितको आईसीयूमा र २३७ को भेन्टिलेटरमा गरी कुल १ हजार ४८ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११४ जना आईसीयूमा र ३७ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ३३ आईसीयूमा र २ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ४७२ जना आईसीयूमा र १५४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ८४ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ३० बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ