माओवादीले १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको विवरण आयोगलाई बुझायो « Khabarhub

माओवादीले १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको विवरण आयोगलाई बुझायो


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । माओवादीले एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको हो ।

माओवादीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले दल परिवर्तन गरेका उनीहरूलाई निष्कासनको कारबाही गर्ने निर्णय गरेको थियो । माओवादीले सोही निर्णयसहित सोमबार दिउँसो दल दर्ता किताबमा रहेको विवरण सच्याउन पत्र पठाएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको नेता लिलामणि पोखरेलले बताए ।

माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो ।

माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो । उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलले बताए ।

निष्कासनको कारबाहीमा परेका जनप्रतिनिधिहरू

१. रिनाकुमारी साह, प्रमुख—मौलापुर नगरपालिका, रौतहट

२. सियाराम कुशवाह, प्रमुख— कटहरिया नगरपालिका, रौतहट

३. परनिया देवी, उपप्रमुख— देवाही गोनाही नगरपालिका, रौतहट

४. गौरीशंकर जयसवाल, उपप्रमुख—मौलापुर नगरपालिका, रौतहट

५. कान्ती देवी, उपप्रमुख— फतुवाविजयपुर नगरपालिका, रौतहट

६. सीमलाल साह, उपप्रमुख— माधव नारायण नगरपालिका, रौतहट

७. गीतादेवी शाह, उपप्रमुख— युमनामाई गाउँपालिका, रौतहट

८. समतीलाल दास ताती, सदस्य— लहान नगरपालिका सिरहा

९. शेष फारुक, अध्यक्ष— सम्सी गाउँपालिका, महोत्तरी

१०. सुरेश कुमार थावा, वडाध्यक्ष— चम्पादेवी गाउँपालिका(१ ओखलढुंगा

११. भागिरथी विष्ट, वडाध्यक्ष— गौरीगञ्ज नगरपालिका(४, कैलाली

१२. शर्मानन्द भट्ट, वडाध्यक्ष— गोदावरी नगरपालिका(१ कैलाली

१३. पुरन विसी, वडाध्यक्ष— बर्दगोरिया नगरपालिका(४, कैलाली

१४. छायाँ देवकोटा, उपप्रमुख— भजनी नगरपालिका, कैलाली

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : १५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन