प्रदेश २ बजेट खर्च निराशाजनक, ५० प्रतिशत फ्रिज हुने सम्भावना « Khabarhub

प्रदेश २ बजेट खर्च निराशाजनक, ५० प्रतिशत फ्रिज हुने सम्भावना


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रत्येक वर्ष महत्वकांक्षी योजनालाई प्राथमिकतामा राखी बजेट ल्याउने गरेको प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक देखिएको छ ।

चालू आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये प्रदेश सरकारले अहिलेसम्म ३१ प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश २ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार कुल बजेटमध्ये जेठसम्म चालुतर्फ ३४ दशमलव ९ र पुँजीगततर्फ २९ दशमलव २३ प्रतिशत मात्र खर्च भएको छ ।

हालसम्म कुल विनियोजित बजेट मध्ये १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चार अर्ब ९६ करोड ९२ लाख खर्चेको छ ।

पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ६८ करोड ६५ लाख खर्चेक प्रमुख गिरीले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य र सरसफाइका महत्त्वाकांक्षी योजना समावेश गरेर ल्याइएको बजेटमा विकास खर्चको अवस्था झनै दयनीय देखिएको छ ।

आर्थिक वर्ष सकिन एक महिनानाको समय समेत बाँकी नरहेको अवस्थामा पूँजीगत खर्चको प्रगति सुस्त देखिएको छ ।

कर्मचारी अभाव र कोरोना महामारीले गर्दा बजेट खर्चिन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए । पछिल्लो राजनीतिक उतार चढाव र कर्मचारी अभाव खर्च हुन नसक्नुको मुख्य कारण रहेको उनले औल्याए । तर, ६० प्रतिशत भन्दा बढी बजेट खर्च हुने उनले दाबी गरे ।

अगामी आर्थिक वर्षको बजेट भाषणको दिन पनि मन्त्री यादवले चालु आर्थिक वर्षको कुल विनियोजित बजेट मध्ये ६२ प्रतिशत बजेट खर्च हुने अनुमान गरेका थिए ।

बजेट खर्च हुन नसक्दा अधिकांश बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

प्रदेश २ को ५० प्रतिशत बजेट फ्रिज हुन सक्ने सरोकारवालाहरु बताउँछन् । योजना महत्त्वाकांक्षी भए पनि बजेटको कार्यान्वयन फितलो हुँदा खर्च हुन नसकेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : १५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य