राष्ट्रियताको रक्षाका लागि विपक्षी गठबन्धन एक ठाउँ उभिएको छ : अध्यक्ष दाहाल « Khabarhub

राष्ट्रियताको रक्षाका लागि विपक्षी गठबन्धन एक ठाउँ उभिएको छ : अध्यक्ष दाहाल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन् ।

पार्टी केन्द्रीय समितिको आजको भर्चुअल बैठकलाई वर्तमान राजनीतिक परिस्थतिको ‘ब्रिफिङ’ गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको प्रष्ट पारे ।

बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्को पार्टीमा समाहित भएका १४ स्थानीय जनप्रतिनिधिलाई निष्काशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, चार वडाध्यक्ष र केही कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा अधिकांश रौतहट र कैलालीका छन् । सर्वोच्च अदालतले माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि माओवादी पृष्ठभूमिका केही नेताकार्यकर्ता एमालेमै समाहित भएका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : २६ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६