हुन्डाईको प्यालिसेड कार नेपालमा भित्र्याइयो « Khabarhub

हुन्डाईको प्यालिसेड कार नेपालमा भित्र्याइयो


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोतका अनुसार यो कार छिट्टै नि आधिकारीक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०/२७५० आरपिम टर्क उत्पादन गर्नेछ ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूवाती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ५० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै