लेजेण्ड एल क्लासिको : रियल मड्रिडले बार्सिलोनालाई हरायो « Khabarhub

लेजेण्ड एल क्लासिको : रियल मड्रिडले बार्सिलोनालाई हरायो


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेजेण्ड एल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

इजरायलमा मंगलबार राति सम्पन्न खेलमा रियलको लेजेण्ड टिमले बार्सिलोनालाई ३-२ गोलले हराएको हो ।

खेलको २८औँ मिनेटमा जाभिएर स्याभिओलालई रियलका डिफेण्डर एन्टानियो नुनिजले लडाएपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा रियलका मुनिटिसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ४४औँ मिनेटमा अल्फन्सोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ६०औँ मिनेट जोफ्रे माटिउले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । ७०औँ मिनेटमा डेल ला रेडले गोल गर्दै रियललाई ३-२ को जित दिलाए ।

खेलमा बार्सिलोनाको टिममा मरिएनो,मिक्वेल सोलेर,जोन एन्डोनी,ओस्कर अर्पोन,गाइज्का,जेभियर,डेको,रिभाल्डो र रोनाल्डिन्होलगायतका खेलाडी थिए ।

रियलको टिममा पनि जोर्डी कोडिना,रोबेर्टो कार्लोस,रिभेरा,एन्टोनियो नुनेज,आल्फोन्सो पेरेज,क्याम्पो,लुइस फिगो, फनाएन्डो सन्ज र रुबिन डे ला लगायतका खेलाडी थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको