२२ सांसदलाई कारबाही गर्ने तयारीमा संस्थापन पक्ष, आन्तरिक छलफलमा नेपाल-खनाल समूह « Khabarhub

२२ सांसदलाई कारबाही गर्ने तयारीमा संस्थापन पक्ष, आन्तरिक छलफलमा नेपाल-खनाल समूह


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको विवाद निर्णायक तहमा पुगेको छ । संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ ।

नेपाल-खनाल पक्षको वहिष्कारका बीच एमाले बैठक सोमबारदेखि जारी छ । अपराह्न तीन बजे  बस्ने आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई कारबाहीको निर्णय गर्न सक्नेछ ।

स्पष्टीकरण सोधिएको २४ घण्टा नपुगेको भन्दै मंगलबार कारबाही नगरिएका उनीहरुलाई आजको बैठकबाट कारबाही गर्ने तयारी भएको छ ।

तर, संविधानको धारा ७६-५ को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले अरू पनि कारण देखाएर हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।

बैठकमा माधव नेपाल पक्षले पार्टी छाडेमा पर्ने प्रभाव कस्तो हुन्छ भन्नेमा पनि छलफल भइरहेको छ । बैठकमा विधान अधिवेशनका विषयमा पनि निर्णय हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाल पक्षको स्थायी कमिटी बैठक

संस्थापन पक्षले २२ सांसदलाई कारबाहीको तयारी गरेपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक जारी छ ।

ओलीले पेलेरै पार्टीलाई अघि बढाउन खोजेको भन्दै यो समूहभित्र वारपार गरेर अघि बढ्नु पर्ने दबाब नेता माधव कुमार नेपालमाथि पर्दै गएको छ ।

भर्चुअल माध्यमबाट जारी बैठकले नेपाल पक्षको आगामी कदमबारे निर्णयको तयारी भएको छ । गठबन्धन बनाएर ओली सरकार ढाल्न मद्दत गरेको तथा देउवालाई विश्वासको मतसमेत दिएको यो समूहलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता प्रचण्डले आग्रह गर्दै आएका छन् ।

तर, सरकारमा जान पार्टीको संस्थागत निर्णयबिना सम्भव नहुँने भएकाले यसबारे नेपालले निर्णय दिन सकेका छैनन् । यद्यपि उनलाई नयाँ पार्टी गठनमा सहज हुने गरी अध्यादेश ल्याउनेसम्मको आश्वासन प्रधानमन्त्री देउवाले दिएको निकट स्रोतले जनाएका छन् ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन । पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : ०५ बजे

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा

‘तिब्बतीहरूको गतिविधि बढ्नु सरकारको नीति खतरनाक विचलन, गुम्बामा हतियार लुकाइएको हुन सक्छ’

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले