टोकियो ओलम्पिकः महिला फुटबलका स्पर्धाहरु सुरु हुँदै « Khabarhub

टोकियो ओलम्पिकः महिला फुटबलका स्पर्धाहरु सुरु हुँदै


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लामो समयको प्रतीक्षा पछि अन्ततः टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछन् । पहिलो दिन बुधबार महिला फुटबलका बिभिन्न ६ खेल हुनेछन् । छनोट चरण पार गरेका १२ टोलीलाई ३ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराउँन लागिएको हो ।

समुह ‘ई’मा आयोजक जापानसहित बेलायत, चिली र क्यानाडा, समुह ‘एफ’मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्डस् तथा समुह ‘जी’मा अमेरिका, स्विडेन, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् ।

पहिलो दिन बुधबार समुह ‘ई’मा बेलायत र चिली नेपाली समयअनुसार दिउँसो सवा १ बजे प्रतिस्पर्धा गर्नेछन् । सोही समुहबाट आयोजक जापान र क्यानाडा अपरान्ह सवा ४ बजे आमनेसामने हुनेछन् ।

समुह ‘एफ’को खेलमा दिउँसो पौने २ बजे चीन र ब्राजिल भिड्दा अपरान्ह पौने ५ बजे जाम्बियाले नेदरल्याण्डस्को सामना गर्नेछ ।

समुह ‘जी’को खेलमा दिउँसो सवा २ बजे अमेरिका र स्विडेन तथा साँझ सवा ५ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच खेल हुनेछ ।

महिलातर्फ फुटबलको स्वर्ण पदकका लागि अगष्ट ६ मा प्रतिस्पर्धा हुनेछ ।

पुरुष तर्फ फुटबलका स्पर्धाहरु भने बिहीबार सुरु हुनेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : २० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।